२०८३ असार २९, सोमबार ११:४०
२०८३ असार २९, सोमबार ११:४०
काठमाडौं । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पसेपछि अनुगमनका लागि पुगेका जेनजी अभियन्ता माजिद अन्सारी प्रहरीको गम्भीर कुटपिटपछि अस्पतालको शय्याबाटै आफ्नो जीवनरक्षाका लागि गुहार मागिरहेका छन् । गत शनिबार साँझ १०–१२ जनाको संख्यामा रहेका प्रहरीले नियन्त्रणमा लिने क्रममा गरेको लछारपछार र कुटपिटबाट गम्भीर घाइते भएका अन्सारीको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आफूलाई कुन कसुरमा र किन नियन्त्रणमा लिइएको हो भन्नेबारे अहिलेसम्म कुनै पक्राउ पुर्जी वा जानकारी नदिइएको भन्दै उनले यो धरपकड पूर्ण रूपमा गैरकानूनी र नियोजित रहेको दाबी गरेका छन् । उपचारकै क्रममा रहेका अन्सारीलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालय लैजाने र सार्वजनिक मुद्दा चलाउने…