२०८३ श्रावण ६, बुधबार १३:१७
२०८३ श्रावण ६, बुधबार १३:१७
हेटौंडा— नेपाली कांग्रेस र नेकपा एमालेबीचको दुई वर्ष लामो सत्ता सहकार्य टुङ्गिँदै बागमती प्रदेश सरकार गम्भीर राजनीतिक संकटमा फसेको छ। नेपाली कम्युनिष्ट पार्टीले वाम सहकार्यको निर्णय गरेलगत्तै केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रदेश सरकारहरूको नयाँ समीकरणबारे सहमति भएको थियो। सोही शीर्ष नेतृत्वको निर्देशनबमोजिम एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले ६ साउनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ६ जना मन्त्रीको सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत औपचारिक रूपमा फिर्ता लिएका हुन्। राजीनामा बुझाउनेहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्य विषय हेर्ने…