२०८३ श्रावण २०, बुधबार १४:११
२०८३ श्रावण २०, बुधबार १४:११
काठमाडौँ — सरकारले लगानी बोर्ड र विश्वविद्यालय अनुदान आयोग जस्ता महत्त्वपूर्ण निकायमा नयाँ नेतृत्व चयन गर्नुका साथै प्रशासनिक पुनःसंरचना र कानुनी सुधारका कामलाई एकैपटक अघि बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँका याङ्की उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी शिक्षा क्षेत्रको नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्रा.डा. खड्क बहादुर केसी र सचिवमा भोजपुरकी प्रा.डा. रोजी श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ। सार्वजनिक खर्च कटौती र संस्थानहरूको कार्यकुशलता अभिवृद्धि गर्ने नीतिअन्तर्गत सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम…