२०८३ भाद्र ३, बुधबार १३:५२
२०८३ भाद्र ३, बुधबार १३:५२
हेटौंडा । बागमती प्रदेशको राजनीतिक वृत्तमा नयाँ समीकरण बनेको छ। नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित तीन दलको समर्थन जुटाएर मुख्यमन्त्री पदमा आफ्नो दाबी पेस गरेका छन्। ६३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष बुझाइएको यो दाबीसँगै प्रदेशमा नयाँ सरकार गठनको ढोका खुलेको छ। मुख्यमन्त्रीमा थापाको दाबी स्वीकृत भएसँगै भोलि अपराह्न ४ बजे सपथग्रहण कार्यक्रम तय गरिएको छ। हिजो बसेको एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो। दलको सोही निर्णयअनुसार थापाले आज प्रदेश प्रमुखको कार्यालय पुगेर औपचारिक रूपमा सरकारको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका हुन्। बहुमतका लागि आवश्यक…