२०८३ असार २६, शुक्रबार १२:३२
२०८३ असार २६, शुक्रबार १२:३२
नेपाल सरकार मातहतका सुरक्षा निकाय र 'राइडर' हरूबीचको बढ्दो टकरावले अन्ततः एक श्रमजीवीको ज्यान लिएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि रोकिराखेको मोटरसाइकल सुरक्षाकर्मीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उत्पन्न विवादमा मुगुका गणेश नेपालीले आत्मदाह गरेका हुन्। प्रशासनको 'ज्यादती' विरुद्ध आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ। ५५ प्रतिशत शरीर जलेका उनको अवस्था गम्भीर भएपछि दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य थप बिग्रेका कारण अस्पतालमै बिहान ११:२० बजे निधन भएको हो। यो दुःखद घटनाले काठमाडौँमा श्रम गरेर गुजारा चलाउने भुइँमान्छे र नेपाल सरकारका विभिन्न प्रशासनिक निकायको निर्मम कार्यशैलीबीचको गहिरो खाडललाई पुनः…