२०८३ असार १८, बिहीबार २२:१५
२०८३ असार १८, बिहीबार २२:१५
हेटौंडा! विश्वविद्यालयहरूको नीतिगत अन्योल र आर्थिक दबाबबिच देशका अग्रणी सामुदायिक क्याम्पसहरूले आफ्नो वित्तीय भविष्य सुरक्षित गर्न सहकार्य थालेका छन्। यसै सिलसिलामा हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसबिच बिहीबार हेटौँडामा एक विशेष वित्तीय समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विगत दुई वर्षदेखिको नीतिगत समझदारी (MoU) लाई व्यवहारमा उतार्दै दुवै क्याम्पसले आन्तरिक स्रोतको व्यवस्थापन, दिगो आर्थिक रणनीति र शैक्षिक गुणस्तरलाई आर्थिक संकटबाट कसरी जोगाउने भन्ने गम्भीर यथार्थमाथि मन्थन गरेका छन्। मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त प्रसाद पौडेलको अध्यक्षता तथा आदिकवि भानुभक्त क्याम्पसका उपाध्यक्ष श्रीराम कार्कीको विशेष उपस्थितिमा भएको उक्त बहसमा विद्यार्थीमाथिको आर्थिक भार र क्याम्पस सञ्चालन खर्चबिचको सन्तुलन…