स्थानीय

हेटौँडा उपमहानगरबाटै प्यान र भ्याट सेवा सुरु

हेटौँडा उपमहानगरबाटै प्यान र भ्याट सेवा सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले करदाताहरूलाई लक्षित गर्दै पालिका तहबाटै महत्त्वपूर्ण कर सेवाहरू प्रदान गर्न सुरु गरेको छ। सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले अब नगरपालिकाको कार्यालयबाटै प्यान (PAN) र भ्याट (VAT) सँग सम्बन्धित प्रशासनिक कार्यहरू गरिने भएको छ। यस व्यवस्थाअन्तर्गत उपमहानगरपालिकाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्ता र रूपान्तरण, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्तःशुल्क दर्ता र नवीकरणको सुविधा उपलब्ध गराएको छ। साथै, करदाताको प्रोफाइल अद्यावधिक गर्ने, कर चुक्ता प्रमाणपत्र जारी गर्ने, दर्ता खारेजी, कार्यालय स्थानान्तरण र शाखा थप लगायतका प्राविधिक सेवाहरू पनि अब सोही कार्यालयबाट प्राप्त गर्न सकिनेछ। यसका साथै नगरपालिकाले करदाता शिक्षा तथा…
Read More
हेटौँडामा नगर प्रमुखको अनुगमन

हेटौँडामा नगर प्रमुखको अनुगमन

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले स्वदेशमै स्वरोजगार बन्न चाहने युवाहरूलाई प्रवर्द्धन गर्ने नीतिअन्तर्गत कृषि क्षेत्रमा सक्रिय युवा उद्यमीहरूलाई साथ र सहयोग दिँदै आएको छ। यसैक्रममा हेटौँडा–१४ मा सञ्चालित ‘निश्चलराज एकीकृत कृषि तथा पशुपन्छी फर्म’ को हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा नगर प्रमुख लामाले पछिल्लो समय हेटौँडामा व्यावसायिक खेतीतर्फ आकर्षण बढेको र विशेष गरी ‘ड्रागन फ्रुट’ तथा पशुपन्छी पालनमा युवाहरूले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले उत्पादनमूलक कार्यमा लाग्न चाहने युवा उद्यमीहरूका लागि उपमहानगरपालिका सधैँ सहकार्य र सहयोगका लागि तयार रहेको बताउनुभयो। फर्मको निरीक्षणका लागि नगर प्रमुख लामासहित प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली नेतृत्वको टोली पुगेको…
Read More
मकवानपुरमा विकास आयोजनाको अनुगमन

मकवानपुरमा विकास आयोजनाको अनुगमन

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले नगरभित्र भइरहेका भौतिक पूर्वाधार तथा निर्माण कार्यको प्रगति र गुणस्तरबारे जानकारी लिनुभएको हो। प्रमुख घलानले महिलामैत्री पार्क, प्रगति माध्यमिक विद्यालयको निर्माणाधीन भवन, तामाङ संग्रहालय र टोनी हेगन पार्कको स्थलगत अवलोकन गर्नुभएको थियो। सो क्रममा उहाँले निर्माण कार्यको गति र त्यसको प्राविधिक गुणस्तरका विषयमा चासो राख्नुभएको थियो। हेटौँडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित विकास निर्माणका कामहरूलाई तोकिएको समयभित्रै सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्रीको प्रयोग सुनिश्चित गर्न विशेष प्राथमिकता दिँदै आएको छ। विकास आयोजनाहरूको अनुगमनले कार्य सम्पादनमा थप पारदर्शिता र जवाफदेहिता…
Read More
जुनियर खुल्ला ब्याडमिन्टनमा रिलायन्सका आयुप कार्की प्रथम

जुनियर खुल्ला ब्याडमिन्टनमा रिलायन्सका आयुप कार्की प्रथम

मकवानपुर। बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा २०८३ जेठ २२ देखि २६ गतेसम्म सञ्चालन गरिएको नव प्रतिभा पहिचान (ट्यालेन्ट हन्ट) कार्यक्रमअन्तर्गत आयोजित जुनियर खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा रिलायन्स अंग्रेजी माध्यमिक विद्यालय, हेटौंडाका कक्षा ७ का विद्यार्थी आयुप कार्की पुरुष सिंगल्सतर्फ प्रथम स्थान हासिल गर्न सफल भएका छन्। विभिन्न विद्यालयबाट छनोट भएका प्रतिभावान खेलाडीबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै कार्कीले उपाधि जितेका हुन्। प्रथम स्थान प्राप्त गरेबापत उनलाई रु. २० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ। अयुबको यस उल्लेखनीय सफलताले विद्यालय परिवार, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यार्थीलाई गौरवान्वित बनाएको विद्यालयले जनाएको छ। उनको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणले अन्य…
Read More
मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर। सर्वधर्म सद्भाव ऐक्यवद्धता महाअभियानले आउँदो भदौ १७ गते मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्ने भएको छ । आइतबार हेटौँडामा सबै धर्मका गुरु र अगुवा तथा नागरिक समाजका सदस्यहरुको भेलाले गठित महाअभियानले भदौ १७ गते मकवानपुरलाई धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा तयारी गरेको हो । महाअभियानका अध्यक्ष राजेश वाग्लेले सबै धर्म र सम्प्रदायको सहभागितामा ‘मकवानपुरमा कुनै पनि धार्मिक द्वन्द्व छैन र हुने छैन’ भन्ने सन्देश दिन यस्तो तयारी गरिएको बताए । उनले भने, ‘हामी संस्था दर्ता गरेर औपचारिकरुपमै धार्मिक समुदायमा सद्भाव कायम राख्दै यो अभियानलाई मकवानपुरबाट अरु जिल्लामा पनि लैजाने तयारीमा छौँ ।’ कार्यक्रममा हेटौँडा उपमहानगर–४ का वडाध्यक्ष नवीन सिग्देलले महाअभियानले…
Read More
हेटौंडा–१३ मा असार ५ देखि मेयर कप फुटबल प्रतियोगिता

हेटौंडा–१३ मा असार ५ देखि मेयर कप फुटबल प्रतियोगिता

मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीमा मेयर कप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा वडा नं. १३ को समन्वयमा असार ५ गतेदेखि १२ गतेसम्म पदमपोखरीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगिताको आयोजना पदमपोखरी युथ क्लब ले गरेको हो भने नगर खेलकुद विकास समिति, ANFA मकवानपुर र हेटौंडा–१३ खेलकुद विकास समिति ले सहकार्य गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा वडा नं. १३ का अध्यक्ष पेम्बा लामाले प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा फुटबल खेलको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ…
Read More
बन्द उद्योग सञ्चालन गरी रोजगारी सृजना गर्न पत्रकार महासंघ बागमती प्रदेशको माग

बन्द उद्योग सञ्चालन गरी रोजगारी सृजना गर्न पत्रकार महासंघ बागमती प्रदेशको माग

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बन्द रहेको हेटौँडा कपडा उद्योग र रुग्ण रहेको हेटौडा सिमेन्ट कारखानालगायत बागमती प्रदेशभित्र रहेका उद्योगधन्दा, कलकाराखानाहरू सञ्चालन गरी रोजगारीको अवसर सृजना गर्न माग गरेको छ । हेटौँडामा जेठ २२ गते शुक्रबारदेखि २४ गते आइतबारसम्म सञ्चालन भएको मिडिया सम्मेलन तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पाँचौ साधारण सभासम्पन्न भएपछि जारी हेटौंडा घोषणा पत्रमा बागमती प्रदेशभित्र रहेका उद्योगधन्दा, कलकाराखानाहरू सञ्चालन गरी रोजगारीको अवसर सृजना गर्न माग गरेको हो । आईतबार सम्पन्न बागमती प्रदेशको मिडिया सम्मेलन तथा पाँचौ साधारण सभाले जारी गरेका १२ बुँदे हेटौँडा घोषणपत्र जारी गरेको थियो । घोषणापत्रमा उद्योगधन्दा, कलकाराखानाहरू सञ्चालन गरी…
Read More
आधुनिक साकोसको सदस्य शिक्षा सिविर सम्पन्न

आधुनिक साकोसको सदस्य शिक्षा सिविर सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा मुख्य कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्थाको सदस्य शिक्षा सिविर शनिबार सम्पन्न भएको छ । संस्थाका शिक्षा उपसमिति संयाेजक यदुदेब उपाध्यायको अध्यक्षतामा भएको सदस्य शिक्षा सिविरमा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका कार्यक्रम संयोजक सुनिल भ्लोन र मकवानपुर जिल्ला सहकारी संघका लेखा तथा प्रशासन सहायक राजकुमार केसीले सहजीकरण गरेका थिए । शिक्षा सिविरमा सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकाेटा, उपाध्यक्ष याेगनाथ दंगाल, सञ्चालक मिना कुमारी श्रेष्ठ, लेखा समिति सदस्य ललिता दहाल, ऋण उपसमिती सदस्य छन्दप्रसाद दुलाल, लगायत सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो । करिव १ हजार ८ सय सदस्य रहेको सहकारी…
Read More
सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

मकवानपुर । ५४ औं बिश्व वातावरण दिवसको अवसरमा पालुङ जेसीज बर्ष २०२६ को आयोजनामा थाहा नगरपालिका वडा नं. ३ स्थित जेसीज सभाहल परिसर सरसफाई गर्नुका साथै बृक्षरोपाण गरिएको छ । पालुङ जेसीज बर्ष २०२६ का अध्यक्ष सञ्जय गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष निरज रायमाझी, महासचिव अञ्जय प्रधान, कोषाध्यक्ष उद्धव बिडारी, कानुनी सल्लाहकार स्मिता बिष्ट लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । हरेका बर्ष जुन ५ तारिखको दिन संसरभर विश्व वातावरण दिवस माईदै आएको छ । यस वर्ष हाम्रो भविष्य, हाम्रोे जलवायु सबै प्रकृतिवाट प्रेरित छ, भन्ने नाराका साथ वातावरण दिवस मनाईएको हो ।
Read More
वातावरण दिवसको अवसरमा अखिल (क्रान्तिकारी)को बृक्षरोपण तथा सरसफाई

वातावरण दिवसको अवसरमा अखिल (क्रान्तिकारी)को बृक्षरोपण तथा सरसफाई

मकवानपुर । ५४ औँ विश्व वातावरण दिवसको अवसरमाअखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा मकवानपुरगढी स्थित शहीद रुद्र पाख्रिन स्मृति पार्क परिसरमा सरसफाई तथा वृक्षरोपण गरिएको छ । अखिल क्रान्तिकारी मकवानपुर संयोजक बुद्धराज अर्यालको अध्यक्षता एवम् नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सरसफाई तथा बक्षरोपण गरिएको हो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको बागमती प्रदेस समिति सदस्य विवेक राई, प्रदेस समिति सदस्य हेटौंडा उपमहानगर समिति संयोजक प्रदिप अर्याल, मकवानपुरगढी गाउँपालिका समिति सहसंयोजक राजन दाहाल, हेटौंडा वडा नं. ७ समिति संयोजक बासुदेब कटुवाल लगायत बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । पार्क परिसरमा बिभिन्न प्रजातीका फूल र फलफूलको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.