स्थानीय

जिप्रका मकवानपुरमा अडियो भिज्युअल सामग्री

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सामी कार्यक्रम अन्तर्गत अडियो भिज्युअल सामग्रीको सुरुवात गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सेवाको सुरुवात गरेका हुन् । उक्त सामग्रीबाट वैदेशिक रोजगारीमा जान तयारी गर्नेहरुले लाभ उठाउन सकिने बताइएको छ । विदेशमा रोजगारीका लागि जान चाहनेहरुले कार्यालयमा राखिएका सामग्रीहरुले विभिन्न जानकारी प्रदान गर्ने छ । वैदेशिक रोजगारीका लागि अपनाउनुपर्ने सुरक्षाका उपायहरु, ध्यान दिनुपर्ने कुराहरु तथा आफुमा हुनुपर्ने विभिन्न गुणहरुका बारेमा उक्त सामग्री उपयोगी हुने बताइएको छ ।
Read More

विद्यार्थीहरुलाई सहयोग गर्न गाउँ पुगे पत्रकार सन्देश थिङ

मकवापुर । तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष समेत रहेका मकवानपुरे पत्रकार सन्देश थिङले मनहरीको एक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन्। थिङले मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन्। उनले आफ्नो २८ औं जन्मदिनको अवसरमा माविमा अध्यनरत १–५ कक्षासम्मका करिब २ सय विद्यार्थीलाई एक समारोहबिच कापी र सामुहिक रुपमा खेल्नका लागि २ थान फुटबल हस्तान्तरण गरे। पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थी लक्षित गरि सामाग्री हस्तान्तरण गर्न पाएकोमा उनले खुशी व्यक्त गरे। जन्मदिनमा केकहरु काटेर खर्च गर्नुभन्दा साना भाइबहिनीहरुलाई मदत गर्ने लक्ष्य बोकेर थिङ…
Read More

भोर्लेमा सामुहिक साग खेती गर्ने ११ महिलालाई सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा ११ जना महिलाहरुलाई सम्मान गरिएको छ । भोर्लेमा अवस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध रहि गुन्द्रुक उत्पादनकालागि सामुहिक साग खेती गर्ने ११ जना महिलालाई सस्थाको १० औं वार्षिक साधारण सभामा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले उनीहरुलाई रातो गलबन्दी ओढाएर सम्मान गनुृभएको हो । सहकारीले उत्पादन गरेको गुन्द्रुक हेटौंडा बजार क्षेत्रका होटल तथा रेष्टुरेन्टमा खपत हुने गरेको छ । सामुहिक साग खेती गरी उत्पादित गुन्द्रुकको माग बाह्य जिल्लाबाट पनि भइरहेको सहकारीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.