Breaking News 2

बागमती सरकारको चाबी ‘नेकपा’को हातमा: नयाँ समीकरण बनाउन कांग्रेस र एमालेको दौडधुप

बागमती सरकारको चाबी ‘नेकपा’को हातमा: नयाँ समीकरण बनाउन कांग्रेस र एमालेको दौडधुप

हेटौंडा – केन्द्रमा बदलिएको राजनीतिक समीकरणसँगै बागमती प्रदेश सरकारको भविष्य पनि संकटमा परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने निश्चित भएसँगै प्रदेशमा नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो । हाल नेतृत्व गरिरहेको कांग्रेस आफ्नो सरकार टिकाउने दाउमा छ भने एमाले कम्युनिष्ट घटकहरूलाई समेटेर नयाँ गठबन्धन बनाउने रणनीतिमा लागेको छ । दुवै ठूला दलले सरकार गठनको निर्णायक चाबी बोकेको २६ सिटसहितको नेकपालाई फकाउन बिहीबारदेखि अनौपचारिक छलफल तीव्र पारेका छन् । ​कम्युनिष्ट कार्ड खेल्दै एमाले, सत्ता जोगाउन कांग्रेसको कसरत गठबन्धन भत्किएसँगै एमालेले नेकपालाई 'वाम गठबन्धन'को प्रस्ताव गर्दै नयाँ सरकारको गृहकार्य थालेको छ । पूर्वसहमति अनुसार सरकारको…
Read More
पसिनामा बिचौलियाको रजगाँई: मूल्य नपाएपछि माइतीघरको सडकमा किसानले पोखे गोलभेँडाको आँसु

पसिनामा बिचौलियाको रजगाँई: मूल्य नपाएपछि माइतीघरको सडकमा किसानले पोखे गोलभेँडाको आँसु

काठमाडौँ। उपभोक्ताको भान्सामा तरकारीको मूल्यले आकाश छुँदा, दिनरात माटोमा पसिना बगाउने किसानले भने लगानी समेत नउठेर आफ्नै उत्पादन सडकमा फाल्नुपर्ने विडम्बनापूर्ण दृश्य माइतीघर मण्डलामा देखिएको छ। तारकेश्वरका आक्रोशित किसानहरूले सडकभरि राताम्मे गोलभेँडा फालेर गरेको यो प्रदर्शन केवल एउटा सांकेतिक विरोध मात्र होइन, बरु उपभोक्ता र उत्पादक दुवैलाई चपेटामा पार्ने 'बिचौलिया संयन्त्र' र राज्यको फितलो बजार अनुगमन विरुद्धको कडा विद्रोह हो। मिहिनेतको लगानी समेत नउठ्ने परिस्थिति सिर्जना हुँदा र बजारमा स्वदेशी उत्पादनले स्थान नपाउँदा किसानहरू सडकलाई नै आन्दोलनको थलो बनाउन बाध्य भएका हुन्, जसले हाम्रो कृषि प्रणालीको कुरुप चित्र उजागर गरेको छ। ​ यो आन्दोलनले राज्यको कृषि नीति, फितलो बजार व्यवस्थापन…
Read More
फिफा विश्वकप २०२६: फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

फिफा विश्वकप २०२६: फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

गएराति अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्समाथि २-० को सानदार जित दर्ता गरेको छ। यो जितसँगै स्पेन सन् २०१० मा विश्वकप जितेयता पहिलो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। उपाधि दाबेदार मानिएको फ्रान्सको भने यस पराजयसँगै विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गिएको छ। ​ खेलको सुरुवातदेखि नै स्पेनले आक्रामक र नियन्त्रित फुटबल प्रदर्शन गरेको थियो। खेलको पहिलो गोल स्पेनका युवा स्टार लामिन यामालको चलाखीपूर्ण मुभका कारण सम्भव भयो, जसमा फ्रान्सेली डिफेन्डर लुकास डिग्नेले बक्सभित्र फल गरेपछि स्पेनले पेनाल्टीको अवसर पायो। उक्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै खेलको…
Read More
साउन ६ मा ‘जरा अभियान’ को समापन गर्दै नेपाली कांग्रेस, मातहतका निकायलाई परिपत्र

साउन ६ मा ‘जरा अभियान’ को समापन गर्दै नेपाली कांग्रेस, मातहतका निकायलाई परिपत्र

काठमाडौं, २९ असार । नेपाली कांग्रेसले निकै तामझामका साथ नयाँ वर्षको पहिलो दिन (१ वैशाख) बाट सुरु गरेको संगठन सुदृढीकरण सम्बन्धी ‘जरा अभियान’ आगामी ६ साउनमा समापन गर्ने भएको छ। आन्तरिक विवाद र समय व्यवस्थापनको सकसबीच गुज्रिएको यो अभियानलाई कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर औपचारिक रूपमा अन्त्य गर्न लागेको हो। पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्र अनुसार साउन ६ गते देशैभरका ७७ वटै जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित यस अभियानको समापन गरिनेछ। ​ पार्टीभित्रै कार्यविधि र प्रक्रियालाई लिएर सुरुवातमै विवाद चुलिएको यस अभियानले तल्लो तहमा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई मुख्य एजेन्डा बनाएको…
Read More
२०२६ फिफा विश्वकप: एक्स्ट्रा टाइममा स्विट्जरल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिना सेमिफाइनलमा

२०२६ फिफा विश्वकप: एक्स्ट्रा टाइममा स्विट्जरल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिना सेमिफाइनलमा

२०२६ फिफा विश्वकपको रोमाञ्चक क्वाटरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई एक्स्ट्रा टाइममा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। मिसौरीस्थित कन्सास सिटी स्टेडियममा भएको यस तनावपूर्ण खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा धकेलिएको थियो। अर्जेन्टिनाका लागि खेलको १०औं मिनेटमै Alexis Mac Allister ले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै स्विट्जरल्यान्डका Dan Ndoye ले ६७औं मिनेटमा बराबरी गोल फर्काए। खेलको ७२औं मिनेटमा स्विस स्ट्राइकर ब्रिल एम्बोलो दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिन पुगेको थियो, जसको फाइदा अर्जेन्टिनाले एक्स्ट्रा टाइममा उठायो। ​१० खेलाडीमा…
Read More
महिला मैत्री र जलवायु उत्थानशील सहरको नयाँ नमुना बन्दै हेटौँडाको ‘हुप्र चौर’

महिला मैत्री र जलवायु उत्थानशील सहरको नयाँ नमुना बन्दै हेटौँडाको ‘हुप्र चौर’

हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडा-४ स्थित लोकतान्त्रिक चौर (हुप्र) केवल खेलकुद र हिँडडुल गर्ने स्थानमा मात्र सीमित नभई अब देशकै नमूना 'महिला मैत्री तथा जलवायु उत्थानशील' खुल्ला क्षेत्रका रूपमा रूपान्तरण हुने भएको छ । कुनै समय गाईभैँसी चर्ने र सवारी साधन सिक्ने अस्तव्यस्त मैदानको रूपमा रहेको यो चौरलाई पछिल्लो समय व्यवस्थित बनाउँदै लगिएको छ । यसै क्रममा चौरलाई थप सुरक्षित, आधुनिक र पर्यावरण-मैत्री बनाउन "महिला मैत्री सहर: समावेशी र जलवायु उत्थानशील सहरीकरण परियोजना" अन्तर्गत रु. ८१ लाखको नयाँ ठेक्का (बोलपत्र) आह्वान गरिएको छ । ​नगर विकास क्षेत्रभित्रको मुटुमा रहेको यस चौरलाई विगतमा पर्खाल लगाएर सुरक्षित गरिएपछि यहाँको स्वरूप बदलिने…
Read More
नेकपा एमाले हेटौंडा-१५ वडा कमिटीको विस्तारित बैठक सम्पन्न: जनप्रतिनिधिद्वारा ४ वर्षे कार्यकालको प्रगति विवरण

नेकपा एमाले हेटौंडा-१५ वडा कमिटीको विस्तारित बैठक सम्पन्न: जनप्रतिनिधिद्वारा ४ वर्षे कार्यकालको प्रगति विवरण

हेटौंडा, २१ असार । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कमिटीको आयोजनामा आज एक परिचर्चा तथा विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ। वडा कमिटीका अध्यक्ष सिंह बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश स्थानीय विभाग सदस्य एवं सोही वडाका वडा अध्यक्ष सुनिल मोक्तान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज अर्जुन प्रसाद पोखरेल, जिल्ला कमिटी सदस्य गोकर्ण तिवारी, संघीय निर्वाचन क्षेत्र नं. १ समन्वय समिति सदस्य सुरेन्द्र लामा तथा पूर्व जनप्रतिनिधि कुमारी श्रेष्ठ लगायत स्थानीय नेता, कार्यकर्ता र आम वडावासीहरूको बाक्लो उपस्थिति रहेको थियो। ​बैठकमा विशेष गरी बि.स.२०७९ को…
Read More
बागमती सरकार र अपाङ्गता अधिकारकर्मीबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

बागमती सरकार र अपाङ्गता अधिकारकर्मीबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

अपाङ्गता भएका व्यक्तिहरूको बजेट कटौती गरेको विरोधमा हेटौँडामा चरणबद्ध आन्दोलन गरिरहेका अधिकारकर्मी र बागमती प्रदेश सरकारबीच ५ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। दुई पक्षीय वार्तामा सरकारले 'ख' वर्गका अपाङ्गता भएका व्यक्ति र उनीहरूका एकाघरका पाँच जना सदस्यको स्वास्थ्य बीमा प्रिमियम सरकारी तवरबाटै ब्यहोर्ने र अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। स्वतन्त्र आन्दोलन परिचालन समितिका संयोजक अश्विन लम्सलका अनुसार आन्दोलनकारीका अधिकांश मागहरू सुनुवाइ भएपछि बुधबार पत्रकार सम्मेलनमार्फत पूर्वघोषित सिँढी र्‍याली र धर्ना जस्ता बाँकी कार्यक्रमहरू फिर्ता लिइएको हो। ​यस ऐतिहासिक सहमतिसँगै अब अपाङ्गता सम्बन्धी प्रादेशिक नीति तत्काल स्वीकृत गरी कार्यान्वयनमा लगिनेछ भने…
Read More
मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर। सर्वधर्म सद्भाव ऐक्यवद्धता महाअभियानले आउँदो भदौ १७ गते मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्ने भएको छ । आइतबार हेटौँडामा सबै धर्मका गुरु र अगुवा तथा नागरिक समाजका सदस्यहरुको भेलाले गठित महाअभियानले भदौ १७ गते मकवानपुरलाई धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा तयारी गरेको हो । महाअभियानका अध्यक्ष राजेश वाग्लेले सबै धर्म र सम्प्रदायको सहभागितामा ‘मकवानपुरमा कुनै पनि धार्मिक द्वन्द्व छैन र हुने छैन’ भन्ने सन्देश दिन यस्तो तयारी गरिएको बताए । उनले भने, ‘हामी संस्था दर्ता गरेर औपचारिकरुपमै धार्मिक समुदायमा सद्भाव कायम राख्दै यो अभियानलाई मकवानपुरबाट अरु जिल्लामा पनि लैजाने तयारीमा छौँ ।’ कार्यक्रममा हेटौँडा उपमहानगर–४ का वडाध्यक्ष नवीन सिग्देलले महाअभियानले…
Read More
सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

मकवानपुर । ५४ औं बिश्व वातावरण दिवसको अवसरमा पालुङ जेसीज बर्ष २०२६ को आयोजनामा थाहा नगरपालिका वडा नं. ३ स्थित जेसीज सभाहल परिसर सरसफाई गर्नुका साथै बृक्षरोपाण गरिएको छ । पालुङ जेसीज बर्ष २०२६ का अध्यक्ष सञ्जय गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष निरज रायमाझी, महासचिव अञ्जय प्रधान, कोषाध्यक्ष उद्धव बिडारी, कानुनी सल्लाहकार स्मिता बिष्ट लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । हरेका बर्ष जुन ५ तारिखको दिन संसरभर विश्व वातावरण दिवस माईदै आएको छ । यस वर्ष हाम्रो भविष्य, हाम्रोे जलवायु सबै प्रकृतिवाट प्रेरित छ, भन्ने नाराका साथ वातावरण दिवस मनाईएको हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.