नेपाल डटकम

नेपाल डटकम

330 Posts
पुस्तान्तरण र रूपान्तरणको एजेन्डासहित देउवाको पुनरागमन: पुरानालाई सम्मान, नयाँलाई अवसर

पुस्तान्तरण र रूपान्तरणको एजेन्डासहित देउवाको पुनरागमन: पुरानालाई सम्मान, नयाँलाई अवसर

काठमाडौँ, २८ साउन । गत वर्ष भदौमा भएको ‘जेनजी’ (Gen-Z) आन्दोलनका क्रममा गम्भीर घाइते भई साढे पाँच महिना लामो उपचार प्रक्रिया पूरा गरेर नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। पत्नी आरजु राणा देउवासहित सिंगापुर र हङकङमा स्वास्थ्य उपचार गराई बिहीबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका देउवाको स्वागतका लागि विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको ठुलो भिड लागेको थियो। तर, यो पुनरागमन केवल एउटा नेताको स्वास्थ्य लाभपछिको फिर्ती मात्र नभएर बदलिँदो राजनीतिक परिदृश्यमा पार्टीभित्रको पुस्तान्तरण र नयाँ राजनीतिक समीकरणको बहसलाई नयाँ मोड दिने संकेतका रूपमा हेरिएको छ। ​स्वदेश फर्किएलगत्तै एक विशेष अपिल जारी गर्दै देउवाले यसपटक युवा पुस्ताको भावना…
Read More
संसदिय गणितले ठगेकाे नेकपा एमाले

संसदिय गणितले ठगेकाे नेकपा एमाले

नेपालको लोकतान्त्रिक यात्रामा जनमत र जनअपेक्षाबीचको सम्बन्ध सधैं सरल र सीधा रहन सकेको छैन। निर्वाचनमा दलहरूले पाउने बहुमत केवल सत्ताको अधिकार होइन। त्यो जिम्मेवारीको गहिरो भार पनि हो। तर आजको राजनीतिक बहसमा एउटा रोचक र गम्भीर विरोधाभास देखिन्छ। एमालेले पर्याप्त काम गरेन भन्ने व्यापक जनगुनासो छ। तर जनताले नै कहिल्यै उसलाई एकल बहुमत दिएका छैनन्। यस्तो अवस्थामा “काम गरेन” भन्ने आरोपको नैतिक आधार कति बलियो छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ। नेपालमा संसदीय इतिहास हेर्दा, स्पष्ट बहुमत प्राप्त गर्ने अवसर केही दलहरूले पाएका छन्। नेपाली कांग्रेसले दुई पटक एकल बहुमतको सरकार बनाएको इतिहास छ भने माओवादी केन्द्रले पनि संविधानसभाको पहिलो…
Read More
नेतृत्व परिवर्तनको प्रयास: बागमती एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नेतृत्व परिवर्तनको प्रयास: बागमती एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दलमध्येको एक नेकपा एमालेभित्र संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउन पार्टीका १८ जना सांसदहरूको हस्ताक्षरसहित बुधबार दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । चितवन क्षेत्रका दुई सांसद कृष्णप्रसाद सिलवाल र हरि सापकोटा प्रस्तावक बनेर दर्ता गरिएको यो प्रस्तावलाई पार्टी नेतृत्वको आन्तरिक निर्देशन र राजनीतिक आवश्यकता बमोजिम अगाडि बढाइएको नेताहरूले बताएका छन् । ​यसअघि देखि नै जारी आन्तरिक छलफल र खिचातानीका बीच अन्ततः दलको नेता परिवर्तन गर्ने निर्णय सतहमा आएको हो । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश…
Read More
लुम्बिनी सरकारको अंकगणित मिलाउन तीन कम्युनिस्ट पार्टीबीच केन्द्रमा ‘नीतिगत’ सहमति

लुम्बिनी सरकारको अंकगणित मिलाउन तीन कम्युनिस्ट पार्टीबीच केन्द्रमा ‘नीतिगत’ सहमति

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको निरन्तरता र गणितीय संकट टार्ने उद्देश्यका साथ केन्द्रमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच लिखित सहमति भएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच बुधबार दुई बुँदे सहमति भएको हो। शीर्ष नेताहरूद्वारा हस्ताक्षरित सो पत्रमा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षा तथा 'प्रतिगमन विरुद्धको आन्दोलन' मा सहकार्य गर्ने राजनीतिक प्रतिबद्धता जनाइएको छ। नेताहरूले यसलाई राष्ट्रिय मुद्दामा आधारित सहकार्य भने पनि मुख्य उद्देश्य भने लुम्बिनी प्रदेशमा आसन्न विश्वासको मतलाई सुरक्षित गर्नु रहेको बुझिएको छ। ​यो राजनीतिक समझदारीको तत्कालको प्रत्यक्ष प्रभाव लुम्बिनी प्रदेश…
Read More
चुरियामाईकाे सुरूङ्गमा गाडि कुदाउछु भन्नू र, पुरानाे प्रविधिमा हेटाैँडा कपडा उधाेग चलाउछु भन्नू एउटै हाे ।

चुरियामाईकाे सुरूङ्गमा गाडि कुदाउछु भन्नू र, पुरानाे प्रविधिमा हेटाैँडा कपडा उधाेग चलाउछु भन्नू एउटै हाे ।

एसियाकाे सबैभन्दा पुरानाे चुरियामाईकाे सुरूङ्ग मार्गकाे प्रदेश र स्थानीय सरकारकाे समन्वय र लगानीमा सरसफाई र मर्मत सम्भार गरियाे । ऐतिहासिक पर्यटकीय स्थलकाे रूपमा त्यस क्षेत्रकाे विकासमा अब सुरूङ्ग मार्गले याेगदान गर्नेछ । यातायात/परिवहन सञ्चालनकाे लागि सुरूङ्ग मार्ग प्रयाेग गर्न सकिँदैन । तर, आजकाे आवश्यकता अध्याधुनिक नागढुङ्गा-सिस्नेखाेला सुरूङ्ग मार्ग हाे । जहाँ यातायात/परिवहन सुरक्षित र सहज रूपमा सञ्चालन हुन्छ । अब प्रसंग, बन्द हेटाैँडा कपडा उधाेगकाे । उधाेगकाे थाेरै भाग सरसफाई गरि पुरानाे प्रविधिकाे उत्पादन परिक्षण गर्नु भनेकाे चुरियामाईकाे सुरूङ्ग मार्ग मर्मत सम्भार गरे जस्तै हाे । उत्पादन शुरू भयाे भनेर हाेहल्ला पिटाउन सकिन्छ तर आजकाे परिवर्तित बजारमा न बजार माग…
Read More
पाक्योङ इन्डिपेन्डेन्स डे फुटबल: सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौंडा क्वार्टरफाइनलबाटै बाहिरियो

पाक्योङ इन्डिपेन्डेन्स डे फुटबल: सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौंडा क्वार्टरफाइनलबाटै बाहिरियो

हेटौंडा । भारतको पाक्योङमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौंडा फुटबल एकेडेमी प्रतियोगिताबाट बाहिरिएको छ । पाक्योङ स्पोर्ट्स क्लबको आयोजना र स्थानीय जिल्ला प्रशासन केन्द्रको सहकार्यमा भइरहेको खुल्ला नकआउट प्रतियोगितामा 'बाइ' पाएर सिधै क्वार्टरफाइनल खेलेको हेटौंडा घरेलु टोली फरेष्ट डिपार्टमेन्टसँग ३–१ गोल अन्तरले पराजित हुन पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको रोमान्चक खेलमा हेटौंडाले दोस्रो हाफको सुरुवातमै पेनाल्टीमार्फत अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन सकेन । ​खेलको दोस्रो हाफमा हेटौंडाका खेलाडीलाई डि–बक्स एरियाभित्र फल गरेपछि पाएको पेनाल्टीको सुनौलो अवसरलाई कृष्ण आले मगरले गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर,…
Read More
हेटौंडा-१५ को वनमा भेटिएकी महिलाको शव सनाखत गर्न प्रहरीद्वारा स्केच सार्वजनिक, पहिचान खुलाउन सहयोगको अपिल

हेटौंडा-१५ को वनमा भेटिएकी महिलाको शव सनाखत गर्न प्रहरीद्वारा स्केच सार्वजनिक, पहिचान खुलाउन सहयोगको अपिल

हेटौंडा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित फायरलाइन सामुदायिक वनमा फेला परेको एक अज्ञात महिलाको शव अझै पहिचान हुन सकेको छैन । घटनाको केही समय बितिसक्दा पनि मृतकको सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानलाई तीव्र पार्दै विशेषज्ञद्वारा तयार पारिएको मृतकको काल्पनिक अनुहार (स्केच) सार्वजनिक गरेको छ । दिउँसो करिब १:५० बजे फेला परेको उक्त शव कसको हो भन्ने पत्ता लगाउन र घटनाको रहस्य सुल्झाउन प्रहरीले सर्वसाधारण र आफन्तजनसँग सहयोगको याचना गरेको हो । ​प्रहरीका अनुसार अन्दाजी ३० देखि ३२ वर्ष उमेर समूहकी देखिने ती महिलाको हुलिया र पहिरन निकै विशिष्ट रहेको छ । करिब ५…
Read More
मुनसोङ फुटबल: साविक विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा सेमिफाइनलमा टुङ्गियो, लाङजिङ ब्वाइज फाइनलमा

मुनसोङ फुटबल: साविक विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा सेमिफाइनलमा टुङ्गियो, लाङजिङ ब्वाइज फाइनलमा

हेटौंडा । भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा लगातार दुई पटकको विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा यस वर्ष सेमिफाइनलमै सीमित भएको छ । मुनसोङ स्पोर्टिङ क्लबको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी लाङजिङ ब्वाइजसँग ६–१ को भारी गोलअन्तरले पराजित भयो । पहिलो हाफमै २–० ले पछि परेको हेटौंडाले दोस्रो हाफमा थप ४ गोल खान पुग्यो भने खेलको अन्त्यतिर केवल एक सान्त्वना गोल मात्र फर्काउन सक्यो । ​प्रतियोगिताको सुरुवाती चरणमा एकछत्र राज गरेको हेटौंडा फुटबल एकेडेमीका लागि सेमिफाइनलको नतिजा अप्रत्याशित रह्यो । यसअघि हेटौंडाले माम्रिङ ब्वाइजलाई ८–१, हाइल्याण्डर वारियरलाई १३–२ र…
Read More
सिरियामा पाँच दशक लामो असद शासनको विरासतमाथि अदालती प्रहार: पूर्वराष्ट्रपति असद र सुरक्षा प्रमुख नजीबलाई मृत्युदण्ड

सिरियामा पाँच दशक लामो असद शासनको विरासतमाथि अदालती प्रहार: पूर्वराष्ट्रपति असद र सुरक्षा प्रमुख नजीबलाई मृत्युदण्ड

काठमाडौँ । सिरियामा पाँच दशकभन्दा लामो समयसम्म कायम रहेको असद पारिवारिक शासनको कालो अध्यायमाथि त्यहाँको अदालतले ठुलो कानुनी प्रहार गरेको छ। युद्ध अपराध र मानवताविरुद्धको गम्भीर अपराधमा दोषी ठहर गर्दै सिरियाली अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको ऐतिहासिक फैसला सुनाएको हो। सन् २०२४ को डिसेम्बरमा आफ्नो शासनसत्ता ढलेपछि दमास्कसबाट भागेर मस्कोमा शरण लिइरहेका असदमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि कानुनी कारबाही अघि बढाएको थियो। यो फैसलाले दशकौँसम्म सत्ताको दुरुपयोग गर्नेहरू जतिसुकै शक्तिशाली भए पनि अन्ततः न्यायको कठघरामा उभिनुपर्छ भन्ने बलियो सन्देश दिएको छ। ​यसै ऐतिहासिक मुद्दामा अदालतले असदका नातेदार एवं दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख आतेफ नजीबलाई…
Read More
विद्युतीय एम्बुलेन्समा कर छुट र एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय, ४ जना सहिद घोषित

विद्युतीय एम्बुलेन्समा कर छुट र एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय, ४ जना सहिद घोषित

काठमाडौँ । सरकारले देशभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) र स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा छुट दिने वातावरणीय एवं स्वास्थ्यमैत्री निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ५ महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यो व्यवस्थाबाट स्वास्थ्य सेवा र पर्यावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै सरकारले लामो समयदेखि प्रतिक्षित पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० लाई समेत सार्वजनिक गर्ने निर्णय गरेको छ । ​बैठकले गृह मन्त्रालयको प्रस्तावमा सुनसरी र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.