२०८३ भाद्र १, सोमबार १४:५०
२०८३ भाद्र १, सोमबार १४:५०
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सम्बोधन गर्ने क्रममा उनले एकाएक राजीनामाको घोषणा गरेका हुन्। ६ साउनमा प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार सदन पुगेका बानियाँले बहुमत नपुग्ने स्पष्ट भएपछि मत विभाजन प्रक्रियाअघि नै पद त्याग्ने निर्णय लिएका हुन्। सम्बोधनका क्रममा उनले आफ्नो १३ महिने कार्यकालका २८ बुँदे प्रमुख उपलब्धिहरू प्रस्तुत गरेका थिए। मुख्यमन्त्री बानियाँको पक्षमा आफ्नै दल नेपाली कांग्रेस (३६ सिट) र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (२ सिट) मात्र उभिने अवस्था बनेको थियो। अर्कोतर्फ, विपक्षमा…