Day: २०८३ भाद्र ३, बुधबार १८:०४

शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धि

शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धि

मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले निजामती सेवामा उच्चस्तरीय पदस्थापनसँगै शिक्षा, पूर्वाधार विकास र वैदेशिक सहायताका क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णयसँगै सरकारले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कर्मचारी र शिक्षकहरूको सुविधामा उल्लेखनीय वृद्धि गरेको छ। ​विशेष गरी प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीहरूलाई दिइँदै आएको पारिश्रमिकमा मासिक रु ५,००० वृद्धि गर्ने र शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब सम्बन्धित श्रेणीको सुरु तलब बराबर पुर्‍याउने निर्णयले तल्लो तहका शैक्षिक जनशक्तिको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ। यसका साथै, प्रविधि र वित्तीय क्षेत्रलाई पारदर्शी…
Read More
बागमतीमा ३ मन्त्रालय भागबन्डा र राप्रपाको ‘विद्रोह’

बागमतीमा ३ मन्त्रालय भागबन्डा र राप्रपाको ‘विद्रोह’

हेटौँडा। बागमती प्रदेशमा एमाले–नेकपा–राप्रपा गठबन्धनका तर्फबाट एमालेका किरण थापा मगरले मुख्यमन्त्रीमा दाबी पेस गरेसँगै सत्ता समीकरणले मात्र नभई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक द्वन्द्वले पनि उग्र रूप लिएको छ। ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्नेमा एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद मात्र पुग्ने भएकाले १२ सिट रहेको राप्रपाको भूमिका निर्णायक बनेको थियो। तर, संसदीय दलका नेता उद्धव थापाले १२ जना सांसदको हस्ताक्षरसहित सरकार गठनमा समर्थन जनाएपछि पार्टीको केन्द्रीय नेतृत्वले भने त्यसलाई अनधिकृत भन्दै प्रदेश प्रमुखलाई पत्र पठाएर समर्थन अस्वीकार गर्न औपचारिक पत्राचार गरेको छ। ​यस घटनाक्रमले राप्रपाभित्र 'केन्द्रीय नेतृत्व' र 'प्रदेश संसदीय दल' बीचको…
Read More
बागमतीमा नयाँ सत्ता समीकरण

बागमतीमा नयाँ सत्ता समीकरण

हेटौंडा । बागमती प्रदेशको राजनीतिक वृत्तमा नयाँ समीकरण बनेको छ। नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित तीन दलको समर्थन जुटाएर मुख्यमन्त्री पदमा आफ्नो दाबी पेस गरेका छन्। ६३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष बुझाइएको यो दाबीसँगै प्रदेशमा नयाँ सरकार गठनको ढोका खुलेको छ। मुख्यमन्त्रीमा थापाको दाबी स्वीकृत भएसँगै भोलि अपराह्न ४ बजे सपथग्रहण कार्यक्रम तय गरिएको छ। ​हिजो बसेको एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो। दलको सोही निर्णयअनुसार थापाले आज प्रदेश प्रमुखको कार्यालय पुगेर औपचारिक रूपमा सरकारको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका हुन्। बहुमतका लागि आवश्यक…
Read More
नेपाली कांग्रेसको १५औँ महाधिवेशन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि निर्वाचनको पूर्ण कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन सञ्चालन हुनेछ। महाधिवेशनको मुख्य प्रक्रिया भदौको दोस्रो सातादेखि नै सुरु हुनेछ, जसअन्तर्गत भदौ २ देखि १० गतेसम्म काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ। ​सार्वजनिक कार्यतालिका अनुसार भदौ २४ गते देशैभरका ६,७४३ वटै वडामा एकैसाथ गाउँ-नगर वडा अधिवेशन हुनेछ, जहाँबाट क्षेत्रीय प्रतिनिधिहरू चयन गरिनेछन्। वडा अधिवेशन अघि भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत र भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ। यस्तै, भदौ १६ देखि २० सम्म वडा तहमा अभिमुखीकरण तालिम…
Read More
विद्यालयबाट घर फर्किँदै गरेका दुई अबोध छात्राको मृत्यु

विद्यालयबाट घर फर्किँदै गरेका दुई अबोध छात्राको मृत्यु

हेटौंडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयमा दिनभरिको अध्ययन सकिएपछि खुसीसाथ घर फर्किँदै गरेका साना बालबालिकाका लागि बासुदेव खोला एक्कासि 'काल' बनेर आइदियो। विद्यालयको पोसाकमै बासुदेव खोला तर्ने क्रममा अचानक आएको तीव्र बहावले चार जना बालबालिकालाई बगाएपछि अहिले सिङ्गो हेटौंडा–१९ क्षेत्र गहिरो शोक, स्तब्धता र रुवाबासीमा डुबेको छ। ​मंगलबार भएको यो कारुणिक घटनापछि बेपत्ता बालबालिकाको खोजी गर्ने क्रममा दोस्रो विद्यार्थी बिनिता बोलनको शव बुधबार बासुदेव र राप्ती खोलाको दोभान (घटनास्थलबाट करिब ३ किलोमिटर टाढा) फेला परेको छ। यसअघि राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतानको शव भेटिसकिएको थियो। योसँगै उक्त विपद्मा परी ज्यान गुमाउने निर्दोष बालबालिकाको संख्या दुई पुगेको छ। ​उक्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.