Day: २०८३ श्रावण २६, मंगलवार २१:१२

हेटौंडा-१५ को वनमा भेटिएकी महिलाको शव सनाखत गर्न प्रहरीद्वारा स्केच सार्वजनिक, पहिचान खुलाउन सहयोगको अपिल

हेटौंडा-१५ को वनमा भेटिएकी महिलाको शव सनाखत गर्न प्रहरीद्वारा स्केच सार्वजनिक, पहिचान खुलाउन सहयोगको अपिल

हेटौंडा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित फायरलाइन सामुदायिक वनमा फेला परेको एक अज्ञात महिलाको शव अझै पहिचान हुन सकेको छैन । घटनाको केही समय बितिसक्दा पनि मृतकको सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानलाई तीव्र पार्दै विशेषज्ञद्वारा तयार पारिएको मृतकको काल्पनिक अनुहार (स्केच) सार्वजनिक गरेको छ । दिउँसो करिब १:५० बजे फेला परेको उक्त शव कसको हो भन्ने पत्ता लगाउन र घटनाको रहस्य सुल्झाउन प्रहरीले सर्वसाधारण र आफन्तजनसँग सहयोगको याचना गरेको हो । ​प्रहरीका अनुसार अन्दाजी ३० देखि ३२ वर्ष उमेर समूहकी देखिने ती महिलाको हुलिया र पहिरन निकै विशिष्ट रहेको छ । करिब ५…
Read More
मुनसोङ फुटबल: साविक विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा सेमिफाइनलमा टुङ्गियो, लाङजिङ ब्वाइज फाइनलमा

मुनसोङ फुटबल: साविक विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा सेमिफाइनलमा टुङ्गियो, लाङजिङ ब्वाइज फाइनलमा

हेटौंडा । भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा लगातार दुई पटकको विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा यस वर्ष सेमिफाइनलमै सीमित भएको छ । मुनसोङ स्पोर्टिङ क्लबको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी लाङजिङ ब्वाइजसँग ६–१ को भारी गोलअन्तरले पराजित भयो । पहिलो हाफमै २–० ले पछि परेको हेटौंडाले दोस्रो हाफमा थप ४ गोल खान पुग्यो भने खेलको अन्त्यतिर केवल एक सान्त्वना गोल मात्र फर्काउन सक्यो । ​प्रतियोगिताको सुरुवाती चरणमा एकछत्र राज गरेको हेटौंडा फुटबल एकेडेमीका लागि सेमिफाइनलको नतिजा अप्रत्याशित रह्यो । यसअघि हेटौंडाले माम्रिङ ब्वाइजलाई ८–१, हाइल्याण्डर वारियरलाई १३–२ र…
Read More
सिरियामा पाँच दशक लामो असद शासनको विरासतमाथि अदालती प्रहार: पूर्वराष्ट्रपति असद र सुरक्षा प्रमुख नजीबलाई मृत्युदण्ड

सिरियामा पाँच दशक लामो असद शासनको विरासतमाथि अदालती प्रहार: पूर्वराष्ट्रपति असद र सुरक्षा प्रमुख नजीबलाई मृत्युदण्ड

काठमाडौँ । सिरियामा पाँच दशकभन्दा लामो समयसम्म कायम रहेको असद पारिवारिक शासनको कालो अध्यायमाथि त्यहाँको अदालतले ठुलो कानुनी प्रहार गरेको छ। युद्ध अपराध र मानवताविरुद्धको गम्भीर अपराधमा दोषी ठहर गर्दै सिरियाली अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको ऐतिहासिक फैसला सुनाएको हो। सन् २०२४ को डिसेम्बरमा आफ्नो शासनसत्ता ढलेपछि दमास्कसबाट भागेर मस्कोमा शरण लिइरहेका असदमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि कानुनी कारबाही अघि बढाएको थियो। यो फैसलाले दशकौँसम्म सत्ताको दुरुपयोग गर्नेहरू जतिसुकै शक्तिशाली भए पनि अन्ततः न्यायको कठघरामा उभिनुपर्छ भन्ने बलियो सन्देश दिएको छ। ​यसै ऐतिहासिक मुद्दामा अदालतले असदका नातेदार एवं दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख आतेफ नजीबलाई…
Read More
विद्युतीय एम्बुलेन्समा कर छुट र एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय, ४ जना सहिद घोषित

विद्युतीय एम्बुलेन्समा कर छुट र एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय, ४ जना सहिद घोषित

काठमाडौँ । सरकारले देशभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) र स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा छुट दिने वातावरणीय एवं स्वास्थ्यमैत्री निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ५ महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यो व्यवस्थाबाट स्वास्थ्य सेवा र पर्यावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै सरकारले लामो समयदेखि प्रतिक्षित पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० लाई समेत सार्वजनिक गर्ने निर्णय गरेको छ । ​बैठकले गृह मन्त्रालयको प्रस्तावमा सुनसरी र…
Read More
सर्वोच्चको ‘निस्सा’ देखाउँदै शशांकको कडा पत्र- ‘अदालतको फैसला नआएसम्म कांग्रेसका सबै गतिविधि रोक्नू’

सर्वोच्चको ‘निस्सा’ देखाउँदै शशांकको कडा पत्र- ‘अदालतको फैसला नआएसम्म कांग्रेसका सबै गतिविधि रोक्नू’

नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब राजनीतिक मैदानबाट अदालतको ढोकासम्म पुगेको छ, जसले पार्टीको आसन्न १५औं महाधिवेशनलाई गम्भीर अनिश्चिततातर्फ धकेलेको छ। वर्तमान सभापति गगनकुमार थापाको नेतृत्व र पार्टीको वैधानिकतालाई चुनौती दिँदै तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई बलियो रणनीतिक हतियारका रूपमा प्रयोग गरेको छ। सर्वोच्च अदालतले यसअघिको फैसलामा गम्भीर कानुनी त्रुटि औंल्याउँदै पुनरावलोकनको अनुमति (निस्सा) दिएसँगै देउवा पक्षले वर्तमान कार्यसमितिका सम्पूर्ण सांगठनिक र नीतिगत निर्णयहरूमाथि अंकुश लगाउने प्रयास गरेको छ। ​यसै कानुनी आधारमा टेकेर राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति थापासहित सिङ्गो पार्टी संरचना र निर्वाचन आयोगलाई समेत पत्राचार गर्दै नेतृत्वमाथि दबाब बढाएका छन्।…
Read More
“बालेन सरकारका चार महिना” आशा कि ? निराशा ?

“बालेन सरकारका चार महिना” आशा कि ? निराशा ?

"३५ वर्षको शासन सत्ताले मुलुकलाई दोहन र बर्बाद मात्रै गर्‍यो भन्ने जनरोषको तरङ्गमाथि सवार भई, नेपाली राजनीतिमा एउटा युगान्तकारी रूपान्तरण र नवीन आशाको भ्रमपूर्ण सन्देश छर्दै बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन भएको आज चार महिना व्यतीत भएको छ। ​सुरुवाती दिनमा सरकारले अघि सारेको "सय दिनका १०० सुधार" को महत्त्वाकांक्षी प्रतिबद्धताले निराशाले गाँजेका आम जनतामा एउटा नयाँ तरङ्ग, उत्साह र भरोसा सञ्चार गरेको थियो। तर, समयको गतिसँगै चार महिना नपुग्दै यो सरकार आफ्ना अपरिपक्व कार्यशैली, नीतिगत विचलन, व्यक्तिगत आग्रह-पूर्वाग्रह र उग्र प्रवृत्तिका कारण तीव्र आलोचनाको घेरामा पार्न थालेको छ। नयाँ नेतृत्वले सुशासन र समृद्धिको नयाँ मानक स्थापित गर्ला भन्ने जनअपेक्षा…
Read More
बागमती प्रदेशमा बाल अधिकार सुनिश्चितताको नयाँ पहल: योजना निर्माणमा बालबालिकाको आवाज समेटिने

बागमती प्रदेशमा बाल अधिकार सुनिश्चितताको नयाँ पहल: योजना निर्माणमा बालबालिकाको आवाज समेटिने

हेटौंडा । बागमती प्रदेश सरकारले अब आफ्ना नीति, योजना र बजेट निर्माण प्रक्रियामा बालबालिकाको आवाजलाई संस्थागत रूपमै समेट्ने भएको छ। राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को अवसरमा विभिन्न बाल अधिकारवादी संघ-संस्थाहरूको संयुक्त पहलमा बुझाइएको सातबुँदे ज्ञापनपत्र ग्रहण गर्दै स्वास्थ्य तथा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री बादेले आगामी दिनमा प्रदेश बाल सञ्जाल गठन गरी निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराइने उल्लेख गर्दै बागमती प्रदेश बालबालिकासम्बन्धी ऐन, २०७६ अनुसार काम भइरहेको र बालविवाह अन्त्यका लागि नयाँ नीति निर्माणको तयारी भइरहेको जानकारी समेत दिनुभयो। ​नागरिक समाजका तर्फबाट राष्ट्रिय बाल पैरवी परिषद्, कन्सोर्टियम नेपाल र बाल कल्याण समाज मकवानपुरलगायतका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.