२०८३ श्रावण १३, बुधबार १७:५५
२०८३ श्रावण १३, बुधबार १७:५५
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, सामाजिक र आर्थिक क्षेत्रसँग प्रत्यक्ष जोडिएका नौवटा महत्त्वपूर्ण विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ। सञ्चार प्रविधि क्षेत्रका दूरगामी विषयदेखि नागरिकको दैनिक जीवनसँग जोडिएका राहदानी, बालश्रम र मानव बेचबिखन नियन्त्रणसम्मका कानुन परिमार्जन गर्न सरकारले अग्रसरता देखाएको हो। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले दिनुभएको जानकारीअनुसार, लामो समयदेखि संशोधनको पर्खाइमा रहेका पुराना ऐनहरूलाई समयसापेक्ष बनाउन यी विधेयकहरू ल्याउन लागिएको हो। प्रस्तावित विधेयकहरूमध्ये राहदानी ऐन २०७६ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयकले वैदेशिक रोजगार तथा राष्ट्रिय सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, बालबालिकाको अधिकार रक्षाका लागि बालश्रम निषेध तथा नियन्त्रण विधेयक र हवाई…