२०८३ श्रावण ७, बिहीबार १५:३८
२०८३ श्रावण ७, बिहीबार १५:३८
हेटौँडा, ७ साउन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हेटौँडामा ४८ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ। नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीको आयोजनामा हेटौँडा-५ स्थित पार्टी कार्यालय र पुष्पलाल पार्कमा आयोजित स्मृति सभामा सहभागी नेता तथा कार्यकर्ताहरूले पुष्पलालको शालिकमा माल्यार्पण तथा फूलमाला चढाएर उच्च सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले प्रमुख अतिथिका रूपमा र एमाले मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामाले सभाध्यक्षका रूपमा मन्तव्य राख्दै पुष्पलालको योगदान, सिद्धान्त र विचारमाथि विशेष चर्चा परिचर्चा गर्नुभएको थियो। सो क्रममा उहाँहरूले नेपालको कम्युनिष्ट आन्दोलन र जनपक्षीय राजनीतिमा पुष्पलालले देखाउनुभएको…