मनोरञ्जन

‘ब्रेकअप ताजी ङाला’ रिलिज: बिरु घलानको नयाँ गीत युट्युबमा (भिडियो सहित)

‘ब्रेकअप ताजी ङाला’ रिलिज: बिरु घलानको नयाँ गीत युट्युबमा (भिडियो सहित)

मकवानपुर। हेटौंडाका गायक बिरु घलानको नयाँ गीत ‘ब्रेकअप ताजी ङाला’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। गीतको आधिकारिक म्युजिक भिडियो पनि सोही दिन युट्युबमार्फत रिलिज गरिएको हो। आश्रम थिङको शब्द तथा सङ्गीतमा तयार भएको गीतमा बिरु घलान र गायिका अनिषा तामाङको स्वर सुन्न सकिन्छ। अडियो निर्माण बिकास घलानले गरेका हुन् भने एरेन्ज, मिक्सिङ र मास्टरिङ सानुबाबु घिसिङले सम्हालेका छन्। गीतको रेकर्डिङ फ्याफुल्ला नेपालमा गरिएको हो। म्युजिक भिडियोमा मोडल आशिष लामा र याङ्गी दोङ मुख्य भूमिकामा देखिएका छन्। साथै राजिव गोले, बुद्ध लामा, प्रकाश वाइबा, आश्रम थिङ र साम्तेन मोक्तान अतिथि कलाकारका रूपमा प्रस्तुत छन्। भिडियो निर्माण शर्मीला लामाले गरेकी…
Read More
बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

मकवानपुर । गायक बुद्ध मोक्तान र गायिका मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ बोलको गीत सार्वजनिक भएको छ । गायक बुद्ध मोक्तानकै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौँडाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । हेटौँडा १७ हटिया निवासी गायक मोक्तानले आफु जन्मेको स्थानका बारेमा निक्कै सुन्दर शब्दहरु कोरेका छन् । गीतको म्युजिक भिडियोमा मकवानपुरगढी दरबार, शहिद स्मारक, गुम्बा डाँडा, दारको ठेकी, हेटौँडा बजार, जुरेथुम पर्यटकीय पार्क, पुष्पलाल पार्क, मनकामना, भैरवडाँडा, पाथिभरा, भुटनदेवी, चुरियामाई लगायतका पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक र धार्मिक क्षेत्रहरुको चर्चासँगै सुन्दर दृश्यहरु समावेश…
Read More
डान्स च्याम्पियनको फाईनलमा हेटौँडाकी रोमिया भट्टराई

डान्स च्याम्पियनको फाईनलमा हेटौँडाकी रोमिया भट्टराई

मकवानपुर । हेटौँडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छिन् । हेटौँडा उपहानगरपालिका वडा नम्बर ८ श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा प्रवेश गरेकी हुन् । हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरुमा समेत नाम कमाएकी रोमिया शोको कान्छी प्रतियोगी हुन् । उनी ११ वर्षकी भईन् । फाईनलमा पुगेसँगै उनलाई जिताउनका लागि हेटौँडामा अभियान समेत सुरु भएको छ । उनलाई इभेन्ट एण्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ । रोमियासँगै फाईनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन्…
Read More
हेटौँडामा ‘ग्याल्बो राजा’ नेपाली र तामाङ भाषामा विशेष प्रदर्शन हुने

हेटौँडामा ‘ग्याल्बो राजा’ नेपाली र तामाङ भाषामा विशेष प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ‘ग्याल्बो राजा’ को हेटौंडामा तीन दिन विशेष शो हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले आउँदो असोज १७, १८ र १९ गते विशेष शो रहने चलचित्रका निर्देशक विनायक तामाङले बताए । ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक ‘चलचित्र ग्याल्बो राजा’मा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्र हेटौंडाको आम्याक्स हलमा १७ र १९ गते तामाङ भाषामा र १८ गते नेपाली…
Read More
हेटौँडामा चलचित्र ‘ग्याल्बो राजा’ को प्रचार प्रसार तिव्र पारिँदै

हेटौँडामा चलचित्र ‘ग्याल्बो राजा’ को प्रचार प्रसार तिव्र पारिँदै

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ टिमले प्रदर्शनका लागि प्रचार प्रसार तिव्र पारेको छ । नेपालका विभिन्न हलहरुमा विशेष शो गरिसकेको यो चलचित्र असोज १७ गतेदेखि १९ गते ३ दिनसम्म मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा विशेष प्रदर्शन हुँदैछ । चलचित्रको प्रचार प्रसारका लागि अहिले चलचित्र टिम नै लागिपरेको छ । चलचित्रकी नायिका तथा प्रस्तुतकर्ता संगिता तितुङका अनुसार चलचित्रको प्रचार प्रसारका लागि अहिले हेटौँडाको ओम्याक्स हल तथा विभिन्न सवारी साधन र स्थानहरुमा चलचित्रको पोष्टर टाँसिएको छ । साथै विभिन्न संचार माध्यमबाट पनि यसको प्रचार प्रसारको क्रम तिव्र पारिएको छ । चलचित्रको विशेष प्रदर्शन बारे थप…
Read More
हेटौँडामा भिटेनको प्रस्तुति रहने कार्यक्रम स्थगित

हेटौँडामा भिटेनको प्रस्तुति रहने कार्यक्रम स्थगित

मकवानपुर । भदौ २९ गते (हिजो) हेटौँडाको नागस्वतीमा हुने भनिएको बहुप्रतीक्षित समर म्युजिक फेस्टिभल मौसमी परिस्थितिका कारण स्थगित हुन पुगेको छ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुने घोषणा गरिएको थियो, जसका कारण हजारौं संगीतप्रेमीहरूले उत्साहपूर्वक टिकट खरिद गरेका थिए। कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुने तय भएको थियो। आयोजक टोली सम्पूर्ण तयारी सकेर कार्यक्रम सुरु गर्ने बेलाको प्रतीक्षामा थियो। तर कार्यक्रम सुरु हुने समय नजिकिदै गर्दा भारी वर्षा सुरु भयो। कार्यक्रम संयोजक तथा आयोजक संस्थाका प्रबन्धक बाबु तितुङले भावुक हुँदै बताए, "हामीले हप्तौंदेखि यस कार्यक्रमको भव्य तयारी गरेका थियौं। सबै कुरा तयार थियो…
Read More
तामाङ चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडाको ओम्याक्स हलमा ३ दिन प्रदर्शन हुने

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडाको ओम्याक्स हलमा ३ दिन प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा ३ दिन प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) का अनुसार चलचित्र असोज १७ गतेदेखि १९ गतेसम्म प्रदर्शन गरिन लागिएको हो । कार्यकारी निर्माता घलानका अनुसार ओम्याक्स हलमा तामाङ भाषामा चलचित्र प्रदर्शन हुनेछ । हरेक दिन बिहान ८ः३० बजेको पहिलो शोमा चलचित्र प्रदर्शन हुनेछ । उनका अनुसार दर्शकहरुले निर्माण टोली तथा हलबाट पनि शोका लागि टिकट लिन सक्नेछन् । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो चलचित्रको नेपाली भर्सन भने २०८१ कात्तिक ९ अर्थात अक्टोबर २५…
Read More
बिमल र सुश्मीको आवाजमा ‘हजार जुनीसम्म’ सार्वजनिक

बिमल र सुश्मीको आवाजमा ‘हजार जुनीसम्म’ सार्वजनिक

मकवानपुर । गायक तथा संगीतकार बुद्ध मोक्तानको संगीतमा ‘हजार जुनीसम्म’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक बिमल स्याङ्तान र गायिका सुश्मी स्याङ्तानको आवाज रहेको छ । बिमल स्याङ्तानको शब्द समावेश गीतमा बुद्ध मोक्तानको संगीत रहेको छ । गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका हुन् । गीतलाई दिपकराज विश्वकर्माले मिक्सिङ मास्टरिङ गरेका छन् । गायक मोक्तानको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा आयुश्मा कार्की र मनिश मोक्तानले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई समिर थोकरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो शुशिल डाँगीको छायाँकन र सम्पादनमा तयार भएको हो । हेर्नुहोस् म्युजिक भिडियो–
Read More
टेलिचलचित्र ‘के ताल भो के ताल भो’ अझै परिष्कृत हुने, ‘ल्होसार’मा नारी प्रधान कथा

टेलिचलचित्र ‘के ताल भो के ताल भो’ अझै परिष्कृत हुने, ‘ल्होसार’मा नारी प्रधान कथा

मकवानपुर । टेलिचलचित्र ‘के ताल भो के ताल भो’ का साथै लघु चलचित्र ‘ल्होसार’ का विषयमा मंगलबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना भएको छ । मामाभान्जा फिल्म्स् प्रोडक्सन तथा झलझली मल्टि क्रियसन म्युजिक स्टुडियोको प्रस्तुतिमा तयार भएको टेलिचलचित्र ‘के ताल भो के ताल भो’ हाँस्यव्यङ्ग्यमा आधारित समाजिक कथा वाचन गर्ने टेलिचलचित्र हो । यो टेलिचलचित्र अहिले हेटौँडाको नेशनल गोल्ड एच डी टेलिभिजनबाट हरेक शुक्रबार राति ८ः३० बजे प्रसारण हुनुका साथै युट्युब च्यानलबाट पनि प्रत्यक्ष हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा बोल्दै टेलिचलचित्रका पटकथा लेखक आशाकाजी श्रेष्ठले स्थानीय स्तरमा पनि टेलिचलचित्र निर्माण र प्रसारण गर्ने आफुहरुको चाहना पुरा भएको बताए । टेलिचलचित्रलाई कलाकार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.