२०८१ आश्विन ९, बुधबार १०:०३
२०८१ आश्विन ९, बुधबार १०:०३
मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन र मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायबीच भेटघाट तथा अनुभव आदानप्रदान भएको छ। आज (मंगलबार) बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। श्रम मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा मन्त्री महर्जनको अध्यक्षता तथा मधेश प्रदेशका श्रम मन्त्री रायको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा दुई प्रदेशका मन्त्री, मन्त्रालयका सचिव तथा मातहत कार्यालयका प्रमुखहरूबीच आफ्ना कार्य अनुभव आदानप्रदान गरिएको थियो। कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव बलराम निरौलाले हाल मन्त्रालयले गरेका गतिविधि तथा आगामी योजनाको बारेमा जानकारी गराएका थिए। जसमा मन्त्रालय र मातहतका कार्यालयहरुको…