भीमफेदीको पोखरी प्राथमिक विद्यालयको नवनिर्मित पक्की भवन उद्घाटन

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नं. ९ घडेरीस्थित श्री पोखरी प्राथमिक विद्यालयको नवनिर्मित पक्की भवनको समुद्घाटन कार्य सम्पन्न भएको छ। यही २०८३ साल असार २८ गते आइतबारका दिन आयोजित एक विशेष कार्यक्रमका बीच भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले रिबन काटेर उक्त नवनिर्मित विद्यालय भवनको औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो।

​ अधिकांश लोपोन्मुख चेपाङ र केही तामाङ समुदायका बालबालिकाहरू अध्ययन गर्ने यस विद्यालयमा नयाँ र सुरक्षित पक्की भवन निर्माण भएसँगै विद्यार्थीहरूको पठनपाठनमा थप सहजता आउने विश्वास लिइएको छ। विकट क्षेत्रका सीमान्तकृत र रैथाने समुदायका बालबालिकाहरूलाई लक्षित गरी निर्माण गरिएको यो आधुनिक भवनले यस क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुर्‍याउने गाउँपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.